नेपाल ताजिकिस्तानसँग पराजित

Image

काठमाडौं । नेपालले पहिलाे मैत्रीपूर्ण खेलमा घरेलु टोली ताजिकिस्तानसँग फराकिलाे हार बेहाेरेकाे छ। सेन्ट्रल स्टेडियम, डुसान्बेमा बुधबार भएकाे खेलमा ताजिकिस्तानले पाहुना टाेलीलाई ४–० ले हराएकाे हाे।

ताजिकिस्तानका शेर्भोनी माबत्शोएव र मनुचेखर जालिलोभले समान दुई गाेल गरे। फिफा वरीयता ७१ स्थानमाथिको ताजिकस्तानविरूद्व नेपाल चाैथाेपल्ट मैदान उत्रिएकाे हाे।

यसअघि सन् २०१७ मा एसिया कप छनाेटअन्तर्गत भएकाे दुई खेलमा नेपाल ३–० र २–१ ले पराजित भएकाे थियाे। त्यस्तै अर्काे वर्ष भएकाे मैत्रीपूर्ण खेलमा पनि ताजिकिस्तान २–० ले विजयी भएकाे थियाे। नेपालले अब शनिबार अफगानिस्तानसँग दाेस्राे खेल खेल्नेछ।

नेपाली राष्ट्रिय फुटबल टोली

गोलकिपर – किरण चेम्जोङ (कप्तान), दीप कार्की र विशाल सुनार

डिफेन्डर – अभिषेक लिम्बु, रोहित चन्द, छिरिङ लामा, विमल पाण्डे, सनिश श्रेष्ठ, अभिषेक वाइबा, रन्दीप पौडेल, अन्जल महर्जन

मिडफिल्डर – रोहन कार्की, मणि लामा, एरिक विष्ट, अरबिन राई (आशिष), भरत खवास, उत्सव राई, मनिष डाँगी, आयुष घलान, सुमित श्रेष्ठ

फरवार्ड – जिलेस्पी जङ्ग कार्की, अञ्जन विष्ट, निराजन धामी