काठमाडौँ । तिलक बर्मा अन्तर्राष्ट्रिय टी-२० खेलमा शतक प्रहार गर्ने दोस्रो सबैभन्दा कम उमेरका भारतीय ब्याट्सम्यान बनेका छन्। भारतीय सञ्चारमाध्यमका अनुसार तिलक बर्माले २२ वर्ष ५ दिनको उमेरमा यो उपलब्धि हासिल गरेका हुन्।
बर्माले बुधबार दक्षिण अफ्रिकाविरुद्ध ५६ बलमा १०७ रनको उत्कृष्ट इनिङ खेले। अनि आफ्नो पारीमा आठ चौका र सात छक्का प्रहार गरे।तेस्रो टी-२० खेलमा भारतले दक्षिण अफ्रिकालाई ११ रनले हराएको छ।
योसँगै भारतले चार खेलको टी-२० सिरिजमा २–१ को अग्रता बनाएको छ। भारतका लागि टी-२० मा शतक बनाउने सबैभन्दा कान्छो ब्याट्सम्यान
१. यशस्वी जैसवाल- २१ वर्ष २७९ दिन
२. तिलक बर्मा- २२ वर्ष ५ दिन
३. शुभमन गिल- २३ वर्ष १४६ दिन
४. सुरेश रैना- २३ वर्ष १५६ दिन
५. अभिषेक शर्मा- २३ वर्ष ३०७ दिन

















