वेस्ट इन्डिजमाथि इंइङ्ग्ल्याण्डको लगातार तेस्रो जित

Image

काठमाडौं । घरेलु टोली वेस्ट इण्डिजविरुद्धको टि ट्वान्टी आई सिरिजमा पाहुना टोली इङ्ग्ल्याण्डले लगातार तेस्रो जित हासिल गरेको छ । इङ्ग्ल्यान्डले शुक्रवार भएको खेल ३ विकेटले जितेको छ । जितसँगै पाहुना टोलीले ५ खेलको टि ट्वान्टी आई सिरिज दुई खेल अगावै जितेको छ ।

१ सय ४६ रनको लक्ष्य इङ्ग्ल्यान्डले १९.२ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । इंग्ल्याण्डका अलराउण्डर साम करनले २६ बलमा ३ चौका र २ छक्काको सहयोगमा सर्वाधिक ४१ रन जोडे । लियम लिभिङ्गस्टोनले २८ बलमा ३९ तथा ओपनर विल ज्याक्सले ३३ बलमा ३२ रन बनाए ।

कुरान र लियामस्टोनले पाँचौँ विकेटका लागि गरेको ३९ रन जितको आधारमा बनेको थियो। वेस्ट इण्डिजका अकिल होसेनले ४ तथा अल्जारी जोसेफ र गुणकेश मोटीले समान १ विकेट लिए ।

त्यसअघि ड्यारेन सामी नेशनल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले निर्धारित २० ओभरमा ८ विकेटको क्षतीमा १४५ रनको योगफल खडा गरेको थियो।

कप्तान रोभमन पावेलले ४१ बलमा ३ चौका र ४ छक्काको सहयोगमा सर्वाधिक ५४ रन जोडे ।  रोमारिया शेफर्डले २८ बलमा ३० तथा अल्जारी जोसेफले १९ बलमा नट आउट २१ रन बनाए ।

इङ्ग्ल्यान्डका सकिब मोहम्मद र जेमी ओभरटनले समान ३ तथा जोफ्रा आर्चरले १ विकेट लिए । चौथो टि ट्वान्टी आई आइतवार हुनेछ ।