काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) को खेल तालिका सार्बजनिक गरेको छ । मङ्सिर १५ गतेदेखि शुरु हुने एनपीएलको फाइनल भने पुस ५ गते शनिबार हुने भएको छ । त्यस्तै खेल तालिका अनुसार उपनिर्वाचनको दिन मङ्सिर १६ गते भने कुनै खेल हुने छैन ।
पहिलो खेल विराटनगर किंग्स र जनकपुर बोल्ट्सबीच अपराहन्न १२: १५ बजेदेखि शुरु हुने छ । नेपाल क्रिकेट संघ(क्यान)ले सोमवार जारी गरेको खेल तालिका अनुसार उद्घाटन मंसिर १५ को दिन विराटनगरले जनकपुरको सामना गर्ने भएको हो ।
पुस ६ गतेसम्म आयोजना हुने प्रतियोगिता सिङ्गल राउण्ड रोबिनका आधारमा हुनेछ । शीर्ष चार टोलीले प्लेअफ खेल्दै फाइनलसम्मको यात्रा तय गर्ने छ ।
लिगको खेल तालिका


















