राष्ट्रिय महिला फुटबलर अमिषाले उत्तीर्ण गरिन् सहायक सेनानी परीक्षा

Image

काठमाडौं । नेपाली राष्ट्रिय महिला टिमकी फरवार्ड अमिषा कार्कीले नेपाल आर्मीको सहायक सेनानी परीक्षा उत्तीर्ण गरेकी छन् । नेपाल आर्मीले मंसिर ६ गते निकालेको नतिजाअनुसार अमिषाले अधिकृत क्याडेट वरीयताक्रममा १५४औँ स्थानमा नाम निकालेकी हुन् । यसमा कुल १६६ जनाले परीक्षार्थीले उत्तीर्ण गरेका छन् ।

यसअघि, अमिषा करारमा त्रिभुवन आर्मी क्लबबाट व्यावसायिक फुटबल खेल्दै आएकी थिइन् । पछिल्लो समय अमिषा राष्ट्रिय टिमको नियमित सदस्य बनेकी छन् ।

गत महिना नेपालमै भएको साफ महिला च्याम्पियनसिपको फाइनलमा अमिषाले गोल गरेकी थिइन् । उनको गोलका बाबजुद नेपाल फाइनलमा बंगलादेशसँग २–१ ले पराजित भएको थियो