रोनाल्डोको गोलको बाबजुद अल नासारको हार

Image

काठमाडौं । अग्रता जोगाउन नसक्दा साउदी प्रो लिगमा अल नासार पराजित भएको छ। अल कादसियाले अल नासरविरुद्ध २-१ ले जित निकालेको छ । किङ्ग साउदी युनिभर्सिटी स्टेडियममा शुक्रवार अल नासरले सुरुवाती अग्रता लिएको थियो ।

खेलको ३२औं मिनेटमा कप्तान क्रिस्टियानो रोनाल्डोले गोल गर्दै अल नासरलाई अग्रता दिलाए। तर, त्यसको ५ मिनेटपछि अल कादसियाका जुलियन क्विनोन्सले गोल गर्दै खेल १-१ गोलको बराबरीमा ल्याए ।

खेलको ५०औं मिनेटमा पियरे एमरिक ओबामेयाङ्गले गरेको गोल खेलको निर्णायक बन्यो। जितपछि अल कादसिया ११ खेलबाट २२ अंकका साथ लिगको पाँचौं स्थानमा छ। अल नासर समान खेलबाट २२ अंकका साथ लिगको तेस्रो स्थानमा छ । शीर्ष स्थानमा रहेको अल हिलालले १० खेलबाट २८ अंक अल छ ।