ला लिगामा सेल्टा भिगोले बराबरीमा रोक्दा बार्सिलोनालाई लाग्यो ठुलो धक्का

Image

एजेन्सी । स्पेनिस ला लिगामा लिग लिडर बार्सिलोनालाई धक्का लागेको छ । शनिबार राती बार्सिलोनालाई सेल्टा भिगोले बराबरीमा रोकेर अंक खोसेको हो ।

आफ्नो घरेलु मैदानमा सेल्टाले बार्सालाई २–२ को बराबरीमा रोकेका हो । बार्सिलोनाका लागि राफिन्हा र रोबर्ट लेवान्डोस्कीले गोल गरे भने सेल्टाकातर्फबाट अल्फान्सो गोन्जालेज र ह्यूगो अल्भारेजले गोल फर्काए ।

८२औं मिनेटमा मार्क कासाडोले रेडकार्ड पाएपछि दबाबमा परेको बार्सिलोनाले बराबरीमा चित्त बुझाउनु परेको हो ।

उसको १४ अ‍ेलबाट ३४ अंक हुँदा दोस्रो स्थानको एट्लेटीको मड्रिडको २९ अंक छ । तेस्रो स्थानमा रहेको रियाल मड्रिडको भने १२ खेलबाछ २७ अंक छ ।