अर्शदीप १८ करोडमा पञ्जाबमा र राबडा १० करोड ७५ लाखमा गुजरातमा

Image

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) को मेगा अक्सनमा अर्शदीप सिंहलाई पञ्जाब किङसले खरिद गरेको छ । आइतबार जारी अक्सनमा अर्शदीपको न्युनतम मूल्य दुई करोड भारतीय रुपैयाँ रहेको थियो ।

अर्शदीपलाई पञ्जाबले १८ करोड भारतीय रुपैयाँमा खरिद गरेको हो । उनका लागि चेन्नई सुपर किङ्स, दिल्ली क्यापिटल्सलगायतका क्लबले पनि बोली लगाएका थिए । अन्ततः उनलाई भित्राउन पञ्जाबले राइट टु म्याच (आरटीएम) कार्ड प्रयोग गरेको थियो ।

यसैगरी, दक्षिण अफ्रिकाका तिब्रगतिका बलर कागिसो राबडा गुजरात टाइटन्समा आबद्ध भएका छन् । राबडलाई गुजरात टाइटन्सले १० करोड ७५ लाख भारतीय रुपैयाँमा खरिद गरेको हो । उनको न्युनतम मूल्य दुई करोड रुपैयाँ तोकिएको थियो ।