युजवेन्द्र चहल इतिहासकै सबैभन्दा महँगा भारतीय स्पिनर

Image

काठमाडौं। स्पिनर युजवेन्द्र चहललाई पञ्जाब किंग्सले भित्र्याएको छ। साउदी अरबको जेद्दाहमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल)को मेगा अक्सनमा उनलाई पञ्जाबले १८ करोड भारुमा किनेको हो।

पञ्जाबमा भित्रिने उनी दोस्रा महँगा खेलाडी हुन्। यसअघि पञ्जाबले २७ करोडमा ऋषभ पन्तलाई भित्र्याएको थियो। योसँगै चहल आइपिएल इतिहासकै सबैभन्दा महँगा भारतीय स्पिनर बनेका छन्। उनको आधार मूल्य २ करोड थियो।

गत सिजन चहलले राजस्थान रोयल्सबाट खेल्दै १५ खेलमा १८ विकेट लिएका थिए। चहल आइपिएल इतिहासमा सर्वाधिक विकेट लिने खेलाडी पनि हुन्। उनले सन् २०१३ मा आइपिएलमा डेब्यु गरेका थिए। त्यसयता उनले १६० खेलमा २०५ विकेट लिएका छन्।