विश्व विजेता ब्राड हज नेपालमा

Image

काठमाडौं । नेपाल प्रिमियर लिगको लागि फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सका मेन्टर ब्राड हज नेपाल आइपुगेका छन् ।

सोमबार नेपाल आइपुगेका हजलाई विमानस्थलमा टोलीका मालिक स्वतन्त्रप्रताप शाहले स्वागत गरेका थिए । विश्व च्याम्पियन अस्ट्रेलियन खेलाडी हजसँग विश्वभरका फ्रेन्चाइज लिग खेलेको अनुभव छ ।

सुदूरपश्चिम रोयल्सको मार्की खेलाडीमा दिपेन्द्रसिंह ऐरी र मुख्य प्रशिक्षकमा जगत टमाटा छन् । नेपाल क्रिकेट संघ ९क्यान०को आयोजनामा एनपिएल मंसिर १५ देखि पुस ६ गतेसम्म हुँदैछ ।

प्रतियोगितामा आठ फ्रेन्चाइज टोलीको सहभागिता रहनेछ । लिगमा सुदूरपश्चिमसँगै पोखरा एभेन्जर्स, जनकपुर बोल्ट्स, काठमाडौं गुर्खाज, चितवन राइनोज, विराटनगर किंग्स, कर्णाली याक्स र लुम्बिनी लयान्सले प्रतिस्पर्धा गर्नेछन् ।