जनकपुर बोल्ट्सको मुख्य प्रायोजक डिएनए इन्टरनेसनल

Image

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज जनकपुर बोल्ट्सलाई डिएनए इन्टरनेसनलले मुख्य प्रायोजन गरेको छ। मंगलबार जनकपुरका बोल्ट्सका प्रबन्ध निर्देशक निरज खतिवडा र डिएनएका प्रबन्ध निर्देशक अनुप घिमिरेले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

रन्जना ट्रेड सेन्टर आधिकारिक विक्रेता रहेको डिएनए इन्टरनेश्नल नेपाल कपडा उत्पादक कम्पनी हो । जनपुरका निर्देशक श्रेष्ठले डिएनए नेपालसँगको साथले आफूहरुलाई अगाडि बढ्न सहयोगन पुग्ने बताए ।

‘एनपिएलका लागि जनकपुरको राम्रो तयारी भइरहेको छ । डिएनए नेपालको साथले हामीलाई व्यवासीयक रुपमा अगाडि बढ्न ठुलो सहयोग पुग्नेछ । एनपिएल जस्तो ठुलो इभेन्टमा समावेश भएपछि डिएनए इन्टरनेस्नल नेपालले पनि उचाई छुनेमा हामीले विश्वास लिएका छौं,’ श्रेष्ठले भने ।

डिएनए नेपालका प्रबन्ध निर्देशक घिमिरेले भविष्यमा कम्पनीलाई अन्तर्राष्ट्रिय बजारमा लैजान आफ्नो योजनामा यो सम्झौताले सहयोग पुर्याउने प्रतिक्रिया दिए । ‘जनकपुर बोल्ट्ससँग जोडिने मौका पाउनु हाम्रो लागि ठुलो सौभाग्य हो । कम्पनीले पछिल्ला केही वर्षमा ठुलो इभेन्टसँग पनि सहकार्य गर्दै आएको । भविष्यमा अन्तर्राष्ट्रिय बजारमा जाने योजना रहेकाले एनपिएल र जनकपुर बोल्ट्सको माध्यमबाट हामीले ठुलो प्लेटफर्म पाएका छौं,’ घिमिरेले भने

जनकपुरको मार्की खेलाडीमा राष्ट्रिय किक्रेट टोलीका विकेटकिपर तथा ब्याटर आसिफ शेख छन् । यसैगरी टोलीले पुबुदु दासानायकेलाई प्रशिक्षण जिम्मेवारी सुम्पिएको छ । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा एनपिएल मंसिर १५ देखि पुस ६ गतेसम्म हुँदैछ ।

प्रतियोगितामा आठ फ्रेन्चाइज टोलीको सहभागिता रहनेछ । लिगमा जनकपुरसहित लुम्बिनी लायन्स, काठमाडौं गुर्खाज, चितवन राइनोज, सुदूरपश्चिम रोयल्स, विराटनगर किंग्स, कर्णाली याक्स र पोखरा एभेन्जर्सले प्रतिस्पर्धा गर्नेछन् । जनकपुरले उद्घाटन खेलमा विराटनगर किंग्सको सामना गर्नेछ ।