काठमाडौं । नेपाली यु १९ टिमका कप्तान हेमन्त धामीले यु १९ एसिया कपमा नेपाललाई पहिलो सफलता दिलाएका छन् । युएईमा आजबाट सुरु प्रतियोगिताको पहिलो खेलमा श्रीलंका यु १९ टोलीविरुद्ध हेमन्तले पहिलो विकेट लिएका हुन् ।
हेमन्तले श्रीलंका टोलीका ओपनर पुलिन्दु परेरालाई तेस्रो ओभरको पहिलो बलमा आउट गराएका हुन् । परेरा ७ बलमा २ रन बनाउँदै आउट भएका हुन् ।
श्रीलंकाले तेस्रो ओभरको समाप्तीमा १ विकेट गुमाएर १४ रन बनाएको छ । नेपाल युएइकाे सारजाहमा टस जितेर बलिङ गरिरहेकाे छ ।
नेपालको प्लेइङ-११ : हेमन्त धामी(कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, उत्तम थापा, मयन यादव, नरेन साउद, युनिस विक्रम सिंह ठकुरी, नरेन भट्ट, सन्तोष यादव, युवराज खत्री र रोशन विक
















