मालोर्काद्वारा भ्यालेन्सिया पराजित

Image

काठमाडौं । स्पेनिस ला लिगामा मालोर्काले भ्यालेन्सियालाई २-१ गोल अन्तरले पराजित गरेको छ । ३२औं मिनेटमा लुइस रियोजाले पेनाल्टीमा गोल गर्दै भ्यालेन्सियालाई सुरूआती अग्रता दिलाए पनि मालोर्काले पुनरागमन गर्‍यो ।

जाभी गुएराको क्रस जोहान मोजिकाले बक्स भित्र हृयान्ड बल गर्दा भ्यालेन्सियाले पेनाल्टीको अवसर पाएको थियो । पहिलो हाफको इन्जुरी समयमा साइल लारिन र ८१औं मिनेटमा वैकल्पिक खेलाडी एब्डोन प्राट्सले गोल गरेपछि मालोर्का २-१ गोल अन्तरले विजयी भयो ।

जितसँगै मालोर्का ला लिगाको पाँचौं स्थानमा उक्लिएको छ । उसको १५ खेलमा २४ अंक छ । १३ खेलमा १० अंक सहित भ्यालेन्सिया १८औं स्थानमा छ ।