काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा विराटनगर किंग्सका ओनपिङ ब्याटर मार्टिन गप्टिलले अर्धशतक प्रहार गरेका छन्।
शनिबार कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेको जनकपुर बोल्ट्सले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको विराटनगरका लागि गप्टिलले अर्धशतक प्रहार गरेका हुन्।
न्युजिल्यान्डका गप्टिलले अर्धशतक पूरा गर्न ३६ बल खेलेर ७ चौका र १ छक्का प्रहार गरे। उनले १३औं ओभरको पहिलो बलमा अर्धशतक पूरा गर्दा विराटनगरले ३ विकेटको क्षतिमा ८२ रन जोडेको थियो।
यद्यपी विराटनगरले तीन विकेट गुमाइसकेको छ। विराटनगरको ओपनर लोकेश बम ५ रन बनाएर खेलिरहँदा दोस्रो ओभरमा ललित राजवंशीबाट बोल्ड भए।
नवौं ओभरमा विराटनगरले दोस्रो विकेट गुमायो। ओमानी ब्याटर अकिब इल्यासलाई १५ रनमा मोहमद मोहसिनले एलबिडब्लूको धरापमा पारे।
तेस्रो विकेटको रूपमा निकोलास किर्टोन आउट भए। उनलाई १२औं ओभरको अन्तिम बलमा हर्ष थाकरले आउट गरे। आउट भएका किर्टोन र विकेट लिने थाकर दुवै क्यानडाका हुन्।
















