विराटनगरविरुद्ध सुदूरपश्चिम रोयल्सको उत्कृष्ट बलिङ

Image

काठमाडौंः नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सविरुद्ध सुदूरपश्चिम रोयल्सले उत्कृष्ट बलिङ गरिरहेको छ। सुदूरपश्चिमले विराटनगरका दुई महत्वपूर्ण विकेट लिएको छ।

विराटनगरका मार्टिन गप्टिललाई शून्य र निकोलस किर्टोन ५ रनमा गुमाएको हो। दुवै विकेट स्कट कुग्लेइनले लिएका हुन्।

प्रतियोगिताकै उच्च लक्ष्य

कप्तान दीपेन्द्रसिंह ऐरीको विष्फोटक अर्धशतक संगै सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग(एनपिएल) मा विराटनगर किंग्ससामू १८३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित्र त्रिवि क्रिकेट मैदानमा टस हारेर सुदूरपश्चिमले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले पूरै २० ओभर खेल्दै ७ विकेटको क्षतिमा १८२ रन बनाएको हो ।

सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले शानदार अर्धशतक पूरा गरे । उनले २४ बलमा तीन चौका र पाँच छक्काको मद्दतमा ५७ रन बनाए । उसका लागि ब्रान्डनले ३६ रन बनाए । २६ रनको सामना गरेका उनले दुईदुई चौका र छक्काको मद्दतमा ३६ रन जोडेका हुन् ।

विनोद भण्डारीले २० बलमा चार चौकाको मद्दतमा २३ रन बनाए । इशन पाण्डेले १६ बलम दुई चौका र एक छक्काको मद्तमा २१ रन बनाए । सैफ जैब १५, स्कट कुग्गेलिजन १०, आरिफ शेखले ९ रन बनाएको खेलमा अमित श्रेष्ठले १ रनमा आउट भएका थिए ।

विराटनगरका लागि अनिल खरेलले चार ओभरमा २६ रन खर्चिएर महत्त्वपूर्ण तीन विकेट लिए । क्रिस सोल, इस्मत आलम र बसिर अहमेदले एकएक विकेट हात पारे ।