सुनको मूल्य घट्दा चाँदीको बढ्यो

Image

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य तोलामा ६ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन सुन प्रतितोला एक लाख ५० हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।

शुक्रबार एक लाख ५० हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य भने बढेको छ । अघिल्लो दिन एक हजार ८८० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको चाँदी शुक्रबार एक हजार ९९० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।