पोखराका गौस बने एनपीएलमा शतक बनाउने पहिलो ब्याटर

Image

काठमाडौं । आन्द्रियस गौस र दीनेश खरेलको कीर्तिमानी साझेदारीप्रेरित पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपीएल)मा लुम्बिनी लायन्सविरुद्ध १० विकेटको शानदार जित निकालेको छ ।

शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा गौसले शतक र दीनेशले अर्धशतक बनाएपछि लुम्बिनीले प्रस्तुत गरेको १७१ रनको लक्ष्य पोखराले १६.५ ओभरमा विकेट नगुमाई भेट्टायो ।

विकेटको आधारमा यो जारी एनपिएलकै ठूलो जित हो। पोखरालाई कीर्तिमानी जित दिलाउने क्रममा ओपनर आन्द्रेस गाउसले शतक पूरा गरे।एनपीएलमा शतक पूरा गर्ने उनी पहिलो खेलाडी हुन्। उनले ५४ बलमा १२ चौका र ५ छक्का सहयोगमा शतक पूरा गरेका हुन्।

एनपीएलमा एभेन्जर्सका ओपनर आन्द्रियस गौस शतक बनाउने पहिलो ब्याटर बनेका छन् । उनले शुक्रबार लुम्बिनी लायन्सविरुद्ध एनपीएलकै पहिलो शतक बनाएका हुन् । एनपीएलमा हालसम्म ११ अर्धशतक बनेका छन् ।

उनले २० बलमा ५ चौका र ६ छक्का सहयोगमा अर्धशतक पूरा गरेका थिए। जारी एनपीएफमा सर्वाधिक छिटो अर्धशतक पूरा गर्ने उनी पहिलो खेलाडी हुन्।

यस्तै, अर्का अ‍ोपनर दिनेश खरेलले ३९ बलमा ४ चौका र ३ छक्का सहयोगमा अर्धशतक पूरा गरेका थिए। एनपीएलको एकै इनिङ्समा दुई अर्धशतक बनेको यो पहिलो पटक हो।