काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई खेल हुँदै छन् । आजको दोस्रो खेलमा कर्णाली याक्स र विराटनगर किंग्स भिड्दै छन् ।
यो खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा दिउँसो १ बजेबाट सुरू हुनेछ । जारी एनपीएलमा कर्णाली याक्सले तीन खेल खेलेको छ । जसमा दुई वटामा पराजित हुँदा एक खेल भने जितेको छ ।
कर्णाली जनकपुर बोल्ट्ससँग आठ विकेटले र काठमान्डु गुर्खाजसँग तीन विकेटले पराजित भएको थियो । यस्तै, चितवन राइनोज विरुद्ध भने ६ विकेटले विजयी भएको थियो ।
यस्तै तीन खेल खेलेको विराटनगर किंग्सले पनि यसअघि दुई खेलमा हार भोग्दै एक खेल जितेको थियो । जनकपुर बोल्ट्स विरुद्ध आठ विकेट तथा सुदूरपश्चिम रोयल्स विरुद्ध ९० रनले पराजित भएको विराटनगरले लुम्बिनी लायन्सलाई भने दुई विकेटले हराएको थियो ।
















