काठमाडौं । सुदूरपश्चिम रोयल्सका ओपनर सैफ अली जैबले नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत लुम्बिनी लायन्सविरुद्धको खेलमा अर्धशतक प्रहार गरेका छन् ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमका लागि जैबले ३९ बलमा ६ चौका र दुई छक्कासहित ५० रन प्रहार गरे ।
प्रतियोगितामा जैबको यो पहिलो अर्धशतक हो । जैबलाई ब्रेन्डन म्याकमुलनले १९ रन बनाएर साथ दिइरहेका छन् ।
सुदूरपश्चिम ओभरमा ११.१ एक विकेट गुमाउँदै ८९ रन बनाएर खेलिरहेको छ ।
















