काठमाडौं । ओपनर सैफ अली जैब उत्कृष्ट अर्धशतकमा नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई १ सय ८८ रनको बिसाल लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लुम्बिनीले टर जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको सुदुरपश्चिमले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ८७ रनको योगफल तयार पारेको हो।
सुदूरपश्चिमका लागि ओपन सैफ जैबले सर्वाधिक ९० रनको योगदान दिए। शतक नजिक पुगेका जैव रामोन सिमोन्डको बलमा उन्मुक्त चन्दको हातबाट क्याच आउट हुन पुगे। उनले ६१ बलमा ६ चौका र ५ छक्का प्रहार गरे। कप्तान दीपेन्द्रले विस्फोटक पारी खेले । ऐरिले ३९ र स्कट कुग्लेजिन ११ रनमा अविजित रहे। ऐरिले ४ चौका र २ छक्का हिर्काए ।
त्यसअघि ब्राण्डोन म्याक मुलेन २३ रन बनाउँदा क्याच आउट भए। २० बलमा १ चौका र १ छक्का हानेका मुलेन विवेक यादवको बलमा क्याच आउट हुन पुगे।
६.३ ओभरमा १३ बलमा २ चौका बनाएका ओपनर विनोद भण्डारी १७ रन बनाउँदा रोहित पौडेलको बलमा सन्दीप जोराको हातबाट क्याच आउट हुन पुगे। आरिफ शेख शुन्य रनमा नै सिमोन्डको बलमा सादविन जफरको हातबाट क्याच आउट भए।
लुम्बिनीका लागि रमोन सिमन्ड्सले ४ ओभर बलिङ गर्दै ३२ रन खर्चेर २ विकेट लिए । कप्तान रोहित पौडेलले ४ ओभर बलिङ गर्दै २२ रन खर्चेर एक विकेट लिए । विवेक यादवले पनि एक विकेट हात पारे ।
लगातार दुई खेल हारेको लुम्बिनी पहिलो जितको खोजीमा छ । लुम्बिनीले पहिलो खेलमा विराटनगरविरुद्ध दुई विकेट तथा दोस्रो खेलमा पोखरा एभेन्जर्ससँग १० विकेटले पराजित भएको थियो ।
यसअघि दुवै खेल जितेको सुदूरपश्चिम त्यो लय कायम राख्दै लगातार तेस्रो जित हात पार्ने लक्ष्यमा छ । सुदूरपश्चिमविरुद्ध पनि जित निकाल्न नसके लुम्बिनीको प्लेअफ पुग्ने सम्भावना न्युन हुनेछ ।
उता लगातार तेस्रो जित निकाल्न सके सुदूरपश्चिमलाई प्लेअफको बाटो सहज बन्नेछ । सुदूरपश्चिमले पहिलो खेलमा विराटनगर किंग्सलाई ९० तथा काठमाडौं गुर्खाजलाई ७३ रनले हरायो ।
लुम्बिनी लायन्स प्लेइङ ११ : अर्जुन कुमाल, रोहित पौडेल, टम मूर्स, उन्मुक्त चन्द, सन्दीप जोरा, बिबेक यादव, साद बिन जफर, सूर्य तामाङ, रामोन सिमोण्ड्स, दुर्गेश गुप्ता, दिनेश अधिकारी
सुदूरपश्चिम रोएल्स प्लेइङ ११ : इशान पाण्डे, अमित श्रेष्ठ, विनोद भण्डारी, ब्राण्डन म्याकमुलेन, दीपेन्द्र सिंह ऐरी, आरिफ शेख, नरेश बुढाएर, सैफ अली जैब, अविनाश बोहरा, स्कट कुगेलेइन, नरेन साउद
















