शतक बनाउनबाट चुके सुदूरपश्चिमका सैफ अली जैब

Image

काठमाडौं । नेपाल प्रिमियर लिगमा सुदूरपश्चिमका सैफ जैब शतक बनाउन चुकेका छन्। उनी ९० रन बनाएर पेभेलियन फर्किएका छन्।

६१ बलमा उनले ६ चौका र ५ छक्का प्रहार गरे। यसअघि उनले ३९ बलमा ५ चौका र २ छक्कासहित अर्धशतक प्रहार गरेका थिए। यसैबीच सुदूरपश्चिमको चौथो विकेट पनि पतन भएको छ। आरिफ शेख शून्यमै आउट भएका छन्।