कर्णाली याक्सविरुद्ध विराटनगरले टस जित्यो, यस्तो छ दुवै टोलीको प्लेइङ-११

Image

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा सातौं दिनको दोस्रो खेलमा कर्णाली याक्सविरुद्ध विराटनगर किंग्सले टस जितेको छ । कीर्तिपुरस्थित टियु मैदानमा टस जितेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछानेले बलिङ रोजेका हुन् ।

जारी एनपीएलमा कर्णाली याक्सले तीन खेल खेलेको छ । जसमा दुई वटामा पराजित हुँदा एक खेल जितेको छ । कर्णाली जनकपुर बोल्ट्ससँग आठ विकेटले र काठमान्डु गुर्खाजसँग तीन विकेटले पराजित भएको थियो । चितवन राइनोज विरुद्ध भने ६ विकेटले विजयी भएको थियो ।

यस्तै तीन खेल खेलेको विराटनगर किंग्सले पनि यसअघि दुई खेलमा हार भोग्दै एक खेल जितेको थियो । जनकपुर बोल्ट्स विरुद्ध आठ विकेट तथा सुदूरपश्चिम रोयल्स विरुद्ध ९० रनले पराजित भएको विराटनगरले लुम्बिनी लायन्सलाई भने दुई विकेटले हराएको थियो ।

यसअघि आजै भएको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ४५ रनले हराएको छ । जारी प्रतियोगितामा लुम्बिनीको यो तेस्रो हार हो भने सुदूरपश्चिमको यो लगातार तेस्रो जित हो ।

दुवै टोलीको प्लेइङ-११  :

कर्णाली याक्स प्लेइङ ११ : शिखर धवन, देव खनाल, चाडविक वाल्टन, विलियम बोसिस्टो, जिसान मक्सुद, अर्जुन घर्ती, गुल्सन झा, सोमपाल कामी, नन्दन यादव, युनिश ठकुरी, विपिन प्रसाद शर्मा

विराटनगर किंग्स प्लेइङ ११ : मार्टिन गप्टिल, लोकेश बम, निकोलस किर्टोन, आकिब इलियास, बसिर अहमद, नरेन भट्ट, प्रतिश जिसी, सन्दीप लामिछाने, क्रिस सोल, सुबास भण्डारी, दिपक बोहरा