नेपाल र हङकङबीच एकदिवसीय सिरिज हुने, यस्तो छ खेलतालिका

Image

काठमाडौं । नेपाल र हङकङबीच यु १९ को ३ खेलको एकदिवसीय सिरिज हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले मंगलवार हङकङ यु १९ सँगको एकदिवसीय सिरिजको खेलतालिका र नेपाली टोलीको घोषणा गरेको हो ।

क्यानले अभिषेक तिवारीको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो । सिरिजको पहिलो खेल पुस १ गते हुनेछ ।

त्यसपछि पुस ३ र तेस्रो खेल पुस ५ गते हुनेछ । नेपालले यु १९ विश्व कप एसिया छनोटको तयारीमा यो सिरिज खेल्दैछ । विश्व कप एसिया छनोट आगामी वर्षको अप्रिलमा काठमाडौंमा हुनेछ ।

नेपाली युवा टोली : अभिषेक तिवारी (कप्तान), अफ्रुदिन राईन, सौजन प्रसाद घिमिरे, सुर्यान्सु कोइराला, दयानन्द मण्डल, सोहेल कुवँर, दिलसाद अली, राजेश बोहोरा ११। अप्राजित पौडेल, सन्तोष यादव, निरज कुमार यादव, रोशन विश्वकर्मा, दिपक सेरेला, सिब्रिन श्रेष्ठ, नरेन भट्ट।