काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको २० औँ खेलमा विराटनगर किंग्सले पोखरा एभेन्जर्सलाई जितका लागि १ सय ४० रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ३९ रन बनाएको हो ।
विराटनगरका लागि स्कट एडवर्डसले सर्वाधिक ४५ रनको योगदान दिए । उनले ३५ बलमा ५ चौका प्रहार गरे । ओपनर लोकेश बमले तीव्र गतिमा रन बनाउँदै १६ बलमा २६ रन जोडे । उनले २ चौका र २ छक्का हिर्काए ।
त्यस्तै, निकोलस किर्तनले १६ बलमा १९ रन बनाए । उनले एक छक्का प्रहार गरे । पोखराका लागि सगर ढकालले ४ ओभर बलिङ गर्दै मात्र १५ रन खर्चेर २ विकेट लिए ।
पोखरा र विराटनगर दुवैको यो पाँचौँ खेल हो । दुवै टोलीले हालसम्म खेलका ४ खेलमध्ये एक–एक खेलमात्र जित्न सकेका छन् । पोखरा र विराटनगर २–२ अङ्क बटुल्दै क्रमशः सातौँ र आठौँ स्थानमा छन् । दुवै टोली आजको खेल जित्नै पर्ने दबाबमा छन् ।
















