काठमाडौं | चितवन राइनोजले युएईका अलराउन्डर बासिल हमिदलाई बाँकी रहेको नेपाल प्रिमियर लिग(एनपिएल) को लागि टोलीमा भित्र्याएको छ । विदेशी खेलाडीका रुपमा चितवनले हमिदलाई टोलीमा भित्र्याएको बिहीवार जनाएको छ । हमिदले युएईको लागि निरन्तर प्रभाव पार्दै आएका छन् । उनले टी ट्वान्टीमा ७० खेल्दै ८ सय ५८ रन बनाउनुको साथै ३८ विकेट लिएका छन् ।
हमिदको आगमनले चितवनको क्षमतामा धेरै सहयोग पुग्ने टोलीका प्रबन्ध निर्देशक आयुष न्यौपानेले बताएका छन् । चितवनले लिगमा हालसम्म ५ खेल खेल्दा ३ मा जित र २ मा हार बेहारेको छ । चितवनको अर्को खेल शुक्रवार दिउँसो विराटनगर किंग्ससँग रहेको छ । एनपिएलको लिग चरणको अन्तिम खेलमा चितवनले शनिवार जनकपुर बोल्ट्ससँग खेल्नेछ ।
















