काठमाडौं | पहिलो संस्करणको काभा मेन्स भलिबल क्लब च्याम्पियनसिपको उपाधि भारतको क्यालिकटले जितेको छ। घरेलु टोली नेपालको हेल्प नेपाल स्पोर्टस क्लबलाई ३-१ को सहज नतिजामा हराउँदै क्यालिकट उपाधि जित्न सफल भएको छ।
क्यालिकटले लिग चरणको हारको बदला समेत लिएको छ। घरेलु टोली विरूद्ध सुरूवात राम्रो गर्यो। २५-२१ ले पहिलो सेट क्यालीकटले जित्यो। दोस्रो सेटमा नेपाल खेलमा फर्कन सफल रहयो। २६-२४ ले दोस्रो सेट जित्दै खेललाई १-१को बराबरीमा पुर्यायो। तर यसपछि हेल्प नेपालले लय गुमायो। हेल्प नेपाल सबै पक्षमा कमजोर रहयो।
क्यालिकट अटयाकमा अब्बल रहयो। नेपाल डिफेन्स र ब्लकमा नराम्ररी चुक्यो। जसले गर्दा २५-१४ र २५-१७ ले कगातार तेस्रो र चौथो सेट जित्दै क्यालीकटले सानदार शैलीमा उपाधि माथी कब्जा जमायो। क्यालिकट लिग चरणमा तेस्रो हुँदै र नेपाल दोस्रो हुँदै सेमिफाइनलमा पुगेका थिए। सेमिफाइनलमा क्यालीकटले इरानलाई र हेल्प नेपालले माल्दिभ्सको क्लब एचडिसीलाई हराएको थियो।














