सुदूरको शानदार ब्याटिङ, विकेट नगुमाई १० ओभरमै बनायो ९७ रन

Image

काठमाडौं । नेपाल प्रिमियर लिगको फाइनलमा सुदूरपश्चिम रोयल्सले शानदार ब्याटिङ गरिरहेको छ। जनकपुरविरुद्ध टस जितेर पहिले ब्याटिङ रोजेको सुदूरपश्चिमले १० ओभरमा कुनै विकेट नगुमाई ९७ रन बनाएको हो।

चौथो र पाँचौँ ओभरमा कुनै रन बनाउन नसके पनि बाँकी ८ ओभरमा सुदूरपश्चिमले विस्फोटक ब्याटिङ गर्दै शतकनजिक पुगेको हो।ओपनर सैफ जैबले ३६ बलमा ७ चौका र २ छक्काको मद्दतमा ५९ रन बनाएका छन्।

विनोद भण्डारीले एक चौका र २ छक्काको मद्दतमा ३२ रन बनाएका छन्। जनकपुर विकेटको खोजिमा छ। यसअघि दुवै खेलमा जनकपुरलाई सुदूरपश्चिमले पराजित गरेको थियो।