सुदूरपश्चिमविरुद्ध पावरप्लेमा जनकपुरको उत्कृष्ट सुरुआत

Image

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल)को फाइनलमा सुदूरपश्चिम रोयल्सले दिएको १८५ रनको विशाल लक्ष्य पछ्याइरहेको जनकपुरले उत्कृष्ट ब्याटिङ सुरुआत गरको छ ।

६ ओभरको अन्त्यमा टोलीले बिना विकेटको क्षतिमा ७१ रन बनाएको छ । जनकपुरका लागि लाहिरु मिलान्थाले ३४ रन तथा आसिफ शेखले ३२ रन बनाएका छन् । सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्स सामु जितका लागि १ सय ८५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

टस जितेर कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा पहिले ब्याटिङ रोजेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ८४ रन बनाएको हो ।