जनकपुरका लाहिरु बने एनपिएलमा सर्वाधिन रन बनाउने खेलाडी

Image

जनकपुर बोल्ट्सका ब्याट्सम्यान लाहिरु मिलान्था नेपाल प्रिमियर लिगमा सर्वाधिक रन बनाउने खेलाडी बनेका छन्। फाइनल खेलमा सुदुरपश्चिम रोयल्स् विरुद्ध ८७ रन बनाएसँगै उनी सर्वाीधक रन बनाउने खेलाडी बनेका हुन् । १० इनिङमा उनले २९३ रन बनाए। लाहिरु श्रीलंकन मुलका अमेरिकी खेलाडी हुन्। एनपिएलमा सर्वाधिक चौका हान्ने खेलाडी पनि उनी नै बनेका छन्।

सर्वाधिक रन बनाउनेमा यसअघि चितवन राइनोजका रवि भोपाराको अग्र स्थानमा थिए । उनले ८ इनिङमा २८६ रन बनाएका थिए। तेस्रो स्थानमा रहेका रोहित पौडेलले ७ इनिङमा २७९ रन बनाएका छन्।