Khabar Board
Flash logo up side
Nirbachan aayog

हेलिकोप्टरले पनि भेटेन जहाज, बाक्लो बादलसहितको वर्षाले खोजीमा समस्या

Nirbachan m

काठमाडौं ।

सम्पर्कविहीन भएको जहाज खोज्न परिचालन गरिएको हेलिकोप्टरले पनि जहाज फेला पार्न नसकेको बताइएको छ ।
१९ यात्रु र ३ चालक दलका सदस्य रहेको जहाज सम्पर्कविहीन भएको छ ।

तारा एयरको जहाज बिहान १० बजेर १० मिनेटदेखि सम्पर्कमा छैन । लेते र टीटीको डाँडातिरबाट सम्पर्कविहीन भएको भनिएको जहाज त्यो क्षेत्रमा पनि नभेटिएको तारा एयर स्रोतले जानकारी दिएको छ ।

प्रदेश सांसद महेन्द्र थकालीले लेते र टीटीको डाँडा क्षेत्रमा रहेका स्थानीयसँग आफूले कुरा गरेको बताउँदै त्यस क्षेत्रमा अहिलेसम्म जहाजको बारेमा कुनै जानकारी नभएको बताए ।

“त्यो क्षेत्रका स्थानीयले जहाज घुमेर काभ्रको भीरतिर छिरेको भन्ने जानकारी दिएका छन्,” उनले भने त्यसक्षेत्रमा बाक्लो बादलसहित पानी परिरहेकाले पनि जहाजको बारेमा केही जानकारी प्राप्त भएको छैन ।

यो पनि : यी हुन् तारा एयरको विमानमा सवार चालक दलका सदस्यसहित २२ यात्रु

सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश, धनगढी, कैलाली 11
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.