काठमाडौं ।
आईसीसी पुरुष विश्वकप लिग टूको त्रिकोणात्मक सिरिजमा नेपाल फेरि नामिबियासँग पराजित भएको छ। स्कटल्याण्डको एयरमा शनिबार राति नेपाल नामिबियासँग ६३ रनले पराजित भएको हो ।
नामिबियाले दिएको २०० रनको लक्ष्य सहित जवाफी ब्याटिङ गरेको नेपाल ३७ ओभर ५ बलमा १ सय ३६ रन जोड्दा अलआउट भयो ।
नेपालका लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ३८ रन बनाए। यस्तै आसिफ शेखले ३४, आदिल आलमले २०, रोहित पौडेलले १७ र पवन सर्राफ १० रनमा अविजित रहे। आरिफ शेख ४ रनमा आउट हुँदा देव खनाल र सोमपाल कामीले १/१ रन जोडे ।
कुशल भुर्तेल, कप्तान सन्दीप लामिछाने र बसिर अहमेदले खाता खोल्न सकेनन् । नामिबियाका बेर्नार्ड स्कोल्ट्जले ५ विकेट लिए । जान फ्राईलिंकले ३ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नामिबियाले ४९ ओभर २ बलमा अलआउट हुँदै १ सय ९९ रन बनाएको थियो । नामिबियाका लागि कप्तान जेहार्ड एरास्मसले ५३ रनको अर्धशतकीय इनिङ खेले ।
यस्तै डेभिड विएसले ३४ रन जोड्दा जेजे स्मिथ र डिभान ला ककले समान २७ रन जोडे । जान निकोल र रुबेन ट्रम्पेलम्यानले समान १९ रन बनाए ।
नेपालका कप्तान सन्दीप लामिछानेले ४ विकेट लिए । सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीले २/२ विकेट लिदा बसिर अहमेदले १ विकेट लिए । नामिबियासँग लगातार दोस्रो हारसँगै नेपाल अंक तालिकामा छैटौं स्थानमा पुगेको छ ।
नेपाल पहिलो खेलमा नामिबियासँग ४० रनले पराजित भएको थियो। नेपालले स्कटल्यान्डलाई ५ विकेटले हराएको थियो । अन्तिम खेल स्कटल्यान्डसँग आइतबार खेल्नेछ । नामिबिया १८ खेलमा ९ मा जित र ९ मा हारका साथ १८ अंक जोड्दै पाँचौं स्थानमा उक्लिएको छ।
अंक तालिका :