बैतडी ।
बैतडीको पाटन नगरपालिका ६ को कृष्ण माध्यामिक विद्यालयका शिक्षक धन बहदुर बिष्टको शंकास्पल मृत्युको छानबिन हुनुपर्ने माग राख्दै खोडपे बजार व्यवस्थापन समितिले पनि एक घण्टा बजार बन्द गरिएको छ । मंगलबार ११ बजेदेखि १२ बजेसम्म दशरथचन्द राजमार्ग बन्द गरिनुका साथै खोडपे बजारका पसलहरु पनि बन्द गरिएका हुन् ।
शिक्षक धन बहादुरको हत्या गरिएको भन्दै यसको सत्यतथ्य छानबिन हुनुपर्ने माग गर्दै जिल्लाका ठाउँठाउँमा आन्दोलन चर्किएको छ । 
पाटन नगरपालिकामा शिक्षकको शंकास्पद मृत्यु हुदापनि नगरपालिका मौन देखिएको आन्दोलन कर्ताहरुको भनाइ थियो । नगरपालिकाले पनि आँखा खोल्नुपर्ने भन्दै नाराबाजी गरिएको थियो । ४ दिनसम्म घटनाको बिषयमा स्थानीय तह र जनप्रतिनिधि चुप बस्नु पनि शंकास्पद बिषय भएकाले खोडपे बजार व्यवस्थापन समितिका उपाध्यक्ष मोहन बिष्टले बताए ।

















