Khabar Board
Flash logo up side
flash header

भेटिइन् मेयर गोपाल हमालकी छोरी

Nirbachan m

धनगढी । धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालकी छोरी फेला परेकी छन्। जेठी छोरी आरती सोमबारदेखि सम्पर्कविहीन रहेको र खोजीमा सहयोग गरिदिन मेयर हमालले मंगलबार आग्रह गरेका थिए।

मेयर हमालका अनुसार आरती भारतको गोवामा सकुशल फेला परेकी हुन्। गोवामै बस्दै आएकी उनी जोरबा वाइब आस्बिन ब्रिजबाट सम्पर्कविहीन भएकी थिइन्।

‘सबैको खोजीको प्रयासले मेरी जेठो छोरी आरती गोवामा सकुशल भेटिएको र स्वास्थ्य अवस्था कमजोर रहेको सम्पूर्ण शुभचिन्तकमा जानकारी गराउँदछु,’ मेयर हमालले सामाजिक सञ्जाल फेसबुकमा बुधबार लेखेका छन्।

Center article

उनले छोरी खोजी कार्यमा सहयोग गर्नेहरूलाई धन्यवाद दिएका छन्।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.