कैलालीको अत्तरियामा क्रेनको ठक्करबाट युवती घाइते

Image

धनगढी । कैलालीको अत्तरिया चोकमा क्रेनको ठक्करबाट एक युवती घाइते भएकी छन्।

क्रेनको ठक्करबाट गम्भिर घाइते युवतीको उपचारका लागि अत्तरिया अस्पतालमा पठाइएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।

अहिले प्रहरी घटनास्थलमा परिचालन गरिएको र, विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीको भनाइ छ। क्रेन र चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ।