उपकारको आईपीओको लक्कि नम्वर ८ र ६

Image

काठमाण्डाैं ।

उपकार लघुवित्त वित्तिय संस्थाको आईपीओ बाँडफाँडको लक्कि ८ र ६ नम्वर रहेको छ । कम्पनीको आईपीओको बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालय, हात्तिसार, काठमाडौँमा शुक्रबार बिहान ८ बजे सम्पन्न भएको हो ।

उक्त साधारण सेयर (आईपीओ) को प्रि-अलटमेन्ट हिजो (वैशाख ६ गते, मंगलबार) सम्पन्न भएको थियो ।

कम्पनीले चैत्र २५ गतेदेखि चैत्र ३० गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका २ करोड ३६ लाख २५ हजार रुपैयाँ बराबरको २ लाख ३६ हजार २५० कित्ता आईपीओ निष्कासन गरेको थियो । जसमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात ३ हजार २८१ कित्ता सेयर लघुवित्तका कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात ११ हजार ८१३ कित्ता सेयर सामूहिक लगानी कोषका लागि र बाँकी २ लाख २१ हजार १५६ कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको थियो ।

अन्तिम दिनसम्ममा २४ लाख ३१ हजार १ सय ७० जना लगानीकर्ताले २ करोड ७५ लाख ५६ हजार २ सय ३० कित्ताका लागि आवेदन दिएका थिए । यो सर्वसाधारणका लागि छुट्याइएको भन्दा १२४.६४ गुणा धेरै हो । मागभन्दा धेरै आवेदन परेको हुनाले कम्पनीको आईपीओ गेलाप्रथाबाट बाँडफाँड गरेको थियो ।