थाहा छ कि छैन् ? यी ५ कम्पनीको बोनस सेयर सुचिकृत भयाे है

Image

काठमाडौं ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा विभिन्न कम्पनीको बोनस शेयर, आईपीओ र हकप्रद शेयर सूचीकृत भएको छ । बैशाख ४ गते आइतबारदेखि बैशाख ९ गते शुक्रबारसम्म विभिन्न ७ कम्पनीको बोनस, आईपीओ र हकप्रद शेयर सूचीकृत भएको हो ।

जसमा छिमेक लघुवित्त, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स, कालिका लघुवित्त, उन्नति सहकार्य लघुवित्त र मनकामना स्मार्ट लघुवित्तको बोनस शेयर, ग्रीन भेन्चर्सको आईपीओ र छ्याङ्दी हाइड्रोपावर हकप्रद शेयर नेप्सेमा सूचीकृत भएको हो ।

छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको २७ प्रतिशत बोनस शेयर वापतको ४९ लाख ४१ हजार कित्ता बोनस शेयर सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक बर्ष २०७७–७८ को नाफाबाट कायम चुक्ता पूँजीको २७ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ३ प्रतिशत नगद गरी कूल ३० प्रतिशत लाभांश वितरण गरेको थियो ।

त्यस्तै, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडको ७.७० प्रतिशत बोनस शेयर वापतको ६ लाख ४५ हजार ४०१ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

कम्पनीले गत आर्थिक बर्ष २०७७–७८ को नाफाबाट कायम चुक्ता पूँजीको ७.७० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ३.३ प्रतिशत नगद गरी कूल ११ प्रतिशत लाभांश वितरण गरेको थियो ।

त्यस्तै, मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको १७ प्रतिशत बोनस शेयर वापतको २ लाख ५ हजार ९५५ कित्ता बोनस शेयर सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक बर्ष २०७७–७८ को नाफाबाट कायम चुक्ता पूँजीको १७ प्रतिशत बोनस शेयर वितरण गरेको थियो ।

त्यस्तै, कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको १३ प्रतिशत बोनस शेयर वापतको ३ लाख ५९ हजार ९४५.१६३५ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक बर्षको नाफाबाट कायम चुक्ता पूँजीको १३ प्रतिशत बोनस शेयर वितरण गरेको थियो ।

उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको ३० प्रतिशत बोनस शेयर वापतको ५ लाख २८ हजार ५०९.११९१ कित्ता बोसन शेयर सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक बर्ष २०७७–७८ को नाफाबाट कायम चुक्ता पूँजीको ३० प्रतिशत बोनस शेयर वितरण गरेको थियो ।

त्यस्तै, यस साता नेप्सेमा ग्रीन भेन्चर्स लिमिटेडको ३ करोड १२ लाख ५० हजार कित्ता आईपीओ सूचीकृत भएको हो । स्थानिय वासिन्दालाई बिक्री गरेको ३१ लाख २५ हजार कित्ता, सर्वसाधारण लगानीकर्तालाई बिक्री गरेको ३१ लाख २५ हजार र कम्पनीका संस्थापक शेयरधनीको २ करोड ५० लाख कित्ता गरी कूल ३ करोड १२ लाद ५० हजार कित्ता आईपीओ नेप्सेमा सूचीकृत भएको हो ।

त्यस्तै, यस साता छ्याङ्दी हाइड्रोपावर कम्पनी लिमिटेडको ३० प्रतिशत हकप्रद बापतको ८ लाख ९३ हजार २५ कित्ता हकप्रद शेयर शेयर नेप्सेमा सूचीकृत भएको हो ।

छ्याङ्दी हाइड्रोपावर लिमिटेडले माघ ११ गतेदेखि फागुन २ गतेसम्म ८ करोड ९३ लाख २ हजार ५ सय रुपैयाँ बराबरको १०० रुपैयाँ अंकित दरका ८ लाख ९३ हजार २५ कित्ता हकप्रद शेयर निष्काशन तथा बिक्र खुला गरेको थियो ।