Khabar Board
Flash logo up side
flash header

सबैभन्दा बढी लाभांश दिएर सेयरधनीलाई मख्ख पार्ने मुख्य ५ कम्पनी यस्ता छन

Nirbachan m

काठमाण्डाैं ।

नेपाली सेयर बजारमा सयाैंकाे संख्यामा कम्पनीहरु छन् । त्यसमध्ये कतिपयले आफ्ना सेयरधनीलाई राम्राे बाेनस दिने गरेका छन् । आज हामी आर्थिक वर्ष २०७७/७८ काे मुनाफाबाट उत्कृष्ट लाभांश दिएर सेयरधनीहरूलाई मख्ख पार्ने टप ५ कम्पनीहरुबारे जानकारी दिँदैछाैं ।

१. युनिलिभर नेपाल लिमिटेड

युनिलिभर नेपालले गत आर्थिक वर्ष ७७/७८ काे मुनाफाबाट सेयरधनीहरुका लागि प्रति सेयर ६५० रुपैयाँको दरले नगद लाभांश वितरण गरेकाे छ । याे लाभांश नै गत आर्थिक वर्ष २०७७/७८ काे उच्च लाभांश हाे ।

२. हिमालयन डिष्टिलरी

हिमालयन डिष्टिलरीले गत आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट आफ्ना शेयरधनीलाई ७५ प्रतिशत बोनस र बोनसमा लाग्ने कर सहित २५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेकाे थियाे ।

३. जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड

Center article

जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको ७० प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ३.६८ प्रतिशत नगद गरी कुल ७३.६८ प्रतिशत लाभांश वितरण गर्ने घाेषणा गरेकाे थियाे ।

४. महिला लघुवित्त वित्तीय संस्था लिमिटेड

महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको ४७.५ प्रतिशत बाेनस र २.५ प्रतिशत नगद गरी कुल ५० प्रतिशत लाभांश वितरण गर्ने घाेषणा गरेकाे थियाे ।

५. मञ्जुश्री फाइनान्स कम्पनी लिमिटेड

मञ्जुश्री फाइनान्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको ४० प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ६ प्रतिशत नगद गरी कुल ४६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियाे ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.