सिद्धेश्वर बचत तथा ऋण सहकारी संस्थाको २३ औँ साधारण सभा सम्पन्न

Image

बैतडी ।

श्री सिद्धेश्वर बचत तथा ऋण सहकारी संस्थाको २३ औं बार्षिक साधारण सभा आज मंगलबार सम्पन्न भएको छ । बैतडीको पाटन नगरपालिका ८ खोड्पेमा रहेको सहकारी संस्थाको २३ ओैं बार्षिक साधारण सभा एक औपचारीक कार्यक्रमका साथ सम्पन्न भएको हो ।

कार्यक्रममा संस्थाका व्यवस्थापक राम सिंह महराले गत आर्थिक बर्ष २०७८÷०७९ को ३ करोड ९५ लाख १३ हजार ११८ रुपयाँ बराबरको आर्थिक प्रतिवेदन पेश गरेको सहकारीका अध्यक्ष तथा पाटन नगरपालिका ०८ का वडा अध्यक्ष हरिश बिष्टले बताए ।

संस्थाको नगद मौज्दात र बैकं मौज्दात गरि जम्मा रु.२० लाख ५० हजार १५२ बराबर रहेको अध्यक्ष बिष्टको भनाई छ । यस्तै संस्थाको शेयर पुँजी प्राप्त २१ लाख ६ हजार ८ सय रुपयाँ, नियमित बचत प्राप्त ३ करोड ७१ लाख ९ हजार ४ सय १६ रुपया रहेको जनाएको छ ।

पाटन नगरपालिका वडा नं ८ का अध्यक्ष तथा यस सहकारीका अध्यक्ष हरिष बिष्टको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथी पाटन नगरपालिकाका प्रमुख गौरी सिंह रावल, विशिष्ट अतिथी जिल्ला समन्वय समितिका सदस्य प्रेम सिहं भाट रहेका थिए । पाटन नगरपालिका वडा नं ९ का अध्यक्ष कालु सिहं भाट र पाटन नगरपालिका वडा नं १० का अध्यक्ष धन ब.कुवर अतिथि रहेका थिए ।

१ हजार १७ शेयर कर्ता रहेको यस सहकारीमा नियमित बचत,बाल बचत,मासिक बचत, ऐच्छिक र मुद्धती बचत गर्दै आएको र विभिन्न खाले कार्यक्रम गरि स्थानीय स्थरमै रोजगारी सिर्जना गर्नमा सहकारीबाट मदत गर्दै आएको अध्यक्ष बिष्टको भनाइ छ ।

वडा अध्यक्ष समेत रहेका हरिष बिष्टले आफ्नो कार्यव्यस्तताका कारण आजकै साधारण सभाबाट सहकारीको जिम्मेवारी सम्हाल्ने गरि उपाध्यक्ष प्रजापति महरालाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिएको बताइएको छ ।