संघीय शिक्षा ऐन निर्माण भइनसक्दा केन्द्रबाटै एसईई सञ्चालन : शिक्षामन्त्री

Image

काठमाडौं ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पौडेलले संघीय शिक्षा ऐन निर्माण भइनसकेकाले यस वर्षसम्म केन्द्रबाटै एसईई सञ्चालन भएको र आगामी दिनमा प्रदेशस्तरबाट सञ्चालन गराउन नीतिगत निर्णय भइसकेको बताएका छन् ।

आगामी दिनमा प्रदेशस्तरमा प्रश्नपत्र निर्माण, परीक्षा व्यवस्थान, सञ्चालन र उत्तरपुस्तीका समपरीक्षणलगायतका कार्य हुनेछ भने बोर्डबाट अभिलेखीकरण र परीक्षाफल प्रकाशनका कार्य हुने राष्ट्रिय परीक्षा बोर्डमातहतको माध्यमिक शिक्षा परीक्षा, कक्षा १० का कामु परीक्षा नियन्त्रक अर्जुन रायमाझीले बताए ।

संविधानतः माध्यमिक तहसम्मको शिक्षाको व्यवस्थापन र सञ्चालन स्थानीय तहको जिम्मेवारीमा परेकाले कक्षा १० को परीक्षा केन्द्रबाट सञ्चालन गरिरहनु उपयुक्त नहुने विज्ञहरूको भनाइ छ ।

सिकाइ उपलब्धिमा सुधार र शिक्षामा सुधारका लागि पाठ्यक्रम, शिक्षण पद्धति र परीक्षा प्रणालीमा थप परिमार्जनका लागि पनि बहस चल्दै आएको छ ।