Khabar Board
Flash logo up side
Nirbachan aayog

शिक्षा तर्फ ७० अर्ब ५ करोड बजेट विनियोजन

Nirbachan m

काठमाडौँ ।

सरकारले आर्थिक वर्ष २०७९–८० को बजेटमा शिक्षा तर्फ विनियोजन रु. ७० अर्ब ५ करोड बजेट विनियोजन गरिएको छ । आगामी वर्ष प्रदेशलाई शिक्षातर्फ रु ५ अर्ब ३२ करोड र स्थानीय तहका रु १ खर्ब २१ अर्ब १ करोड बजेट छुट्याइएको छ । लागि बजेट गरेको छ ।अर्थमन्त्री जनार्दन शर्माले संघीय संसदको संयुक्त बैठकमा आज प्रस्तुत गरेको बजेटमा उनले सो कुरा घोषणा गरेका हुन् ।

विद्यालय शिक्षासंग सिप भन्ने अभियानका साथ माध्यमिक तह अध्ययन गर्ने विद्यार्थीलाई सिपमुलक पाठ्यक्रम विकास गर्ने सरकारले घोषणा गरेको छ । उनले सो बजेट भाषणमा शैक्षिक सत्र सुरु हुनु पूर्व सामुदायिक विद्यालयका सम्पूर्ण विद्यार्थीको निशुल्क स्वास्थ्य परीक्षण गर्ने घोषणा गरेका छन् ।

त्यसैगरी आज सार्वजनिक गरिएको बजेट भाषणमा शिक्षामा पहुँच विस्तार, पूर्वाधार निर्माण र गुणस्तर सुधार गरी उत्पादनसील, तथ्यमा आधारित शिक्षा, प्रदेश र स्थानीय तहको सझेदारीमा रोजगारीमुलक जीवनोपयोगी शिक्षा सञ्चालन गर्न विद्यालय शिक्षा क्षेत्र सुधार कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेका छन् । उनले विद्यार्थीलाई कक्षाकोठैबाट आयआर्जनसंग जोड्ने कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेका छन् ।

पढ्दै कमाउँदै कार्यक्रम थय सय विद्यालयमा विस्तार
शिक्षालाई सिपसँग, सिपलाई श्रमसँग, श्रमलाई रोजगारीसँग, रोजगारीलाई उत्पादनसँग र उत्पादनलाई बजारसँग जोड्न उघेश्यका साथ पढ्दै कमाउँदै कार्यक्रमलाई थप विस्तार गरिनेछ। थप १०० विद्यालयमा सो कार्यक्रम विस्तार गर्ने भएको छ । हाल सो कार्यक्रम १४० विद्यालयमा लागु गरिएको छ ।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममार्फत् आगामी वर्ष १ हजार २०० विद्यालयको प्राविधिक पूर्वाधार सहितको पूर्वाधार विकास गर्ने घोषणा गरेको छ ।

सरकारले यो वर्ष राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि ८ अर्ब ८८ करोड रुपियाँ विनियोजन गरेको छ । गत शैक्षिक वर्षमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि ७ अर्ब ८५ करोड ५१ लाख रुपियाँ छुट्याएको थियो ।

Panacea Education

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमलाई परिमार्जन गरी शैक्षिक गुणस्तर वृद्धि, भौतिक पूर्वाधार विकास र अतिरिक्त क्रियाकलाप सञ्चालन गर्ने घोषणा गरेको छ। आगामी वर्ष कक्षा ८ सम्म विस्तार गर्ने लक्ष्यका साथ दिवा खाजा कार्यक्रमलाई आगामी वर्ष कक्षा ६ सम्म विस्तार गर्ने घोषणा गरेको छ।

शिक्षक व्यवस्थापन
शिक्षकको दरबन्दी पुनरावलोक गर्ने भएको छ । माध्यमिक तहको अंग्रेजी, विज्ञान र गणित विषयको विज्ञ शिक्षकबाट भर्चुअल माध्यमबाट शिक्षण गर्न प्रत्येक प्रदेशमा २० ओटा विद्यालयलाई आवश्यक पर्ने सम्पूर्ण सुविधा उपलब्ध गराउने घोषणा गरेको छ ।

सामुदायिक विद्यालयमा कार्यरत प्रधानाध्यापकको क्षमता अभवृद्धि गर्न तालिमको व्यवस्था, शैक्षिक नतिजाका आधारमा प्रधानाध्यापकबाट पेस भएको प्रस्ताव विद्यालय व्यवस्थापन समितिबाट स्वीकृत भएमा सो बमोजिम योजना कार्यान्वयन गर्न ५ लाख रुपियाँसम्म प्रधानाध्यापकले खर्च गर्न पाउने घोषणा बजेट भाषणमा गरिएको छ । कार्यसम्पादन सूचकका आधार विद्यालयलाई श्रेणी करण गर्ने घोषणा गरेको छ ।

प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम परिषद्को पुनः संरचना गर्ने भएको छ । प्राविधिक शिक्षा क्रमशः प्रदेशमा हस्तान्तरण गर्ने घोषणा गरिएको छ । प्राविधिक शिक्षालयको नक्साङ्कन गरी सबै स्थानीय तहमा विस्तार गरिनेछ।

शिक्षामा गत वर्षको भन्दा २४ अर्ब ६७ करोड रुपियाँ बढी बजेट विनियोजन
सिरकारले शिक्षा क्षेत्रमा गत वर्षको भन्दा २४ अर्ब ६७ करोड रुपियाँ बढी बजेट विनियोजन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आज २०७९– ८० को बजेट संघीय संसदमा प्रस्तुत गर्दै शिक्षामा १ खर्ब ९६ अर्ब ३८ करोड रुपैयाँ विनियोजन गरेको घोषणा गरेका छन् ।

जसमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रालयका लागि ७० अर्ब ५ करोड विनियोजन, प्रदेशका लागि ५ अर्ब, ३२ करोड र स्थानीय तहका लागि १ खर्ब २१ अर्ब १ करोड विनियोजन गरिएको छ । गत वर्ष सरकारले शिक्षा क्षेत्रमा १ खर्ब ७१ अर्ब ७१ करोड रुपियाँ बजेट विनियोजन गरेको थियो ।

सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश, धनगढी, कैलाली 11
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.