काठमाडौं ।
बुधबार सरकारले आगामी आर्थिक वर्षदेखि कर्मचारीको तलबमा १८ र २० प्रतिशतले बृद्धि गरेको छ । जसमा शिक्षकहरुको पनि तलब बृद्धि भएको छ ।
अर्थमन्त्री जनार्दन शर्माले आइतवार दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै प्रस्तुत गरेको आव २०७९/०८० को बजेटमार्फत तलब वृद्धिको घोषणा गरेका हुन्।
वृद्धि भएको तलब आगामी आर्थिक वर्षको सुरू (साउन)देखि लागू हुनेछ। अघिल्लो वर्ष तलब वृद्धि नगरेको सरकारले आर्थिक संकटका बावजुद पनि कर्मचारीको तलब बढाएको हो।
जसअनुसार अब शिक्षकहरूले पनि आगामी साउनदेखि बढेको तलब प्राप्त गर्नेछन्। वृद्धि भएको तलबअनुसार माध्यामिक तह (प्रथम)ले ५६,७८७, माध्यामिक तह (द्वितीय)ले ४८,७३७, माध्यामिक तह (तृतीय)ले ४३,६८९, निम्न माध्यामिक तह शिक्षक (प्रथम)ले ४५,७७०, निम्न माध्यामिक तह (द्वितीय)ले ४३,६८९, निम्न माध्यामिक तह (तृतीय)ले ३४७३० पाउनेछन् ।
त्यस्तै प्राथमिक तह (प्रथम)ले ४३,६८९, प्राथमिक तह (द्वितीय)ले ३४,७३० र प्राथमिक तह (तृतीय)ले ३२,९०२ रुपैयाँ तलब प्राप्त गर्नेछन् ।
यो पनि : कर्मचारीको तलब १५ प्रतिशत वृद्धि, कसकाे कति पुग्याे ? (सूचीसहित)