प्रदेश सभाको रेकर्डमा स्नातक तह गराएका शिक्षा मन्त्री खान १२ को परिक्षा दिदै, के नक्कली प्रमाणपत्र छ मन्त्री खान संग?

Image

रुपन्देही ।

प्रदेश सभाको रेकर्डमा स्नातक (bachelor) तह रेकर्ड गराएका लुम्बिन प्रदेशका शिक्षा, विज्ञान, युवा तथा खेलकुदमन्त्री बसिउद्दीन खानले अहिले कक्षा १२ को परीक्षा दिँदैछन् ।

नेपाली कांग्रेसबाट रुपन्देही क्षेत्र नं ४(२)बाट प्रत्यक्ष निर्वाचित प्रदेश सांसद खान परिक्षा दिन आएपछी उनले पेश गरेको स्नातक तहको झुटो दाबी चर्चामा आएको हो।

कपिलवस्तुको मायादेवी गाउँपालिका वडा नं ५ को हाजीयनातुल्ला माध्यामिक बिद्यालयमा कक्षा ११ र १२ मा भर्ना भएका मन्त्री खान शिक्षा संकायमा भर्ना भएका र उनले कक्षा १२ को पहिलो दिन अंग्रेजीको परीक्षा दिएको बताइएको छ।

लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं ९ खुदाबगरस्थित खुदाबगर आदर्श माविमा परीक्षा केन्द्र परेको र पहिलो दिन अंग्रेजी विषयको परीक्षामा सहभागी भएपनि त्यसपछि भने परिक्षामा अनुपस्थित भएको बताइएको छ।

खुदाबगर आदर्श माविका प्रअ तथा केन्द्राध्यक्ष प्रकाश शुक्लाका अनुसार मन्त्री खान अंग्रेजीको परीक्षामा सहभागी भएपनि त्यसपछि किन नआएको भन्ने कुरा जानकारी मा नआएको बताउछन। केन्द्राध्यक्ष शुक्लाले पहिलो दिन आएर परीक्षा दिनुभएको हो, त्यसपछि के पर्यो खै आउनुभएको छैन, केही समस्या परेर होकी जानकारी नभएको बताए।

यसअघि मन्त्री खानले प्रदेशसभा सचिवालयलाई बुझाएको शैक्षिक योग्यतामा स्नातक उत्तिर्ण भएको उल्लेख छ । विद्यार्थीडटकमबाट