Khabar Board
Flash logo up side
Nirbachan aayog

कर्मचारीका लागि शिक्षा मन्त्रालयले जारी गर्यो यस्तो सूचना

Nirbachan m

काठमाडौं ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले कोरियाका विभिन्न विश्वविद्यालयहरूमा अध्यय तथा तालिमका लागि इच्छुक कर्मचारीहरूलाई निवेदन दिन आग्रह गरेको छ । मन्त्रालयले बिहीबार सूचना प्रकाशन गरेर मन्त्रालय मातहतका इच्छुक निजामती कर्मचारीहरूलाई वैशाख ३१ गतेभित्र निवेदन दिन आग्रह गरेको हो ।

इच्छुक कर्मचारीले मन्त्रालयको कर्मचारी प्रशासन तथा सुशासन प्रर्वद्धन शाखा वा मन्त्रालयको इमलेमा आफ्नो व्यक्तिगत विवरणसहित निवेदन अनुरोध गरेको छ । मन्त्रालयले सामाजिक अर्थव्यवस्था, जलवायु परिवर्तनको प्रतिक्रिया, डिजिटल रूपान्तरण प्रविधि लगायतका विषयमा अध्ययन गर्न चाहने कर्मचारीहरूलाई मन्त्रालयले निवेदन दिन आग्रह गरिएको छ ।

यस्तो छ सूचना :  प्रस्तुत विषयमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको च.नं. ३६०, मिति २०७९।०१।१६ को पत्रानुसार Korea का विभिन्न विश्व विद्यालयमा विभिन्न विषयहरुमा हुने अध्ययन/तालिमका लागि उपयुक्त उम्मेद्वार मनोनयन हुन लेखीआएकोले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको संलग्न पत्रमा उल्लेख भएका विषयहरु अध्ययनका लागि तोकिएका आधारहरु पूरा भएका यस मन्त्रालय र अन्तर्गत कार्यरत इच्छुक निजामती कर्मचारीहरुले मिति २०७९।०१। ३१ पाते सम्म यस मन्त्रालय (कर्मचारी प्रशासन तथा सुशासन प्रवर्द्धन शाखा) वा इमेल [email protected] मा आफ्नो व्यक्तिगत विवरण सहित निवेदन पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको व्यहोरा निर्णयाअनुसार अनुरोध छ ।

Panacea Education

सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश, धनगढी, कैलाली 11
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.