Khabar Board
Flash logo up side
Nirbachan aayog

शिक्षामा के छ बालेनको योजना? यस्ता छन् शिक्षासम्बन्धी कार्यक्रम

Nirbachan m

काठमाडौं ।

काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० को नगर बजेटको नीति तथा कार्यक्रम ल्याएको छ । आइतबार मेयर बालेन्द्र शाहले नगरसभाको ११ औं अधिवेशनको पहिलो बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् । उक्त सभामार्फत मेयर शाहले साँस्कृतिक सहर काठमाडौंलाई नमुना शहरकै रुपमा विकास गर्ने योजना सुनाए ।

‘साँस्कृतिक सहर सम्मृद्ध नगर’ मुल नारासहित समग्र महानगरको आर्थिक, सामाजिक, साँस्कृतिक सुधार एवं विकाससँगै पर्यावरणीय सन्तुलन कायम राख्दै हराभरा बनाउने बताए । स्वतन्त्रबाट मेयर जितेको करिब डेढ महिनामा नै आगामी आर्थिक वर्षका लागि बजेट ल्याउने सौभाग्य पाएका मेयर शाहले नीति तथा कार्यक्रम मार्फत काठमाडौं महानगरपालिकालाई पूर्णरुपमा साक्षरता नगरको घोषणा गर्नेदेखि सहरलाई अन्तर्राष्ट्रिय चलचित्र छायाङ्कनको हबको रुपमा विकास गर्ने समेत घोषणा गरेका छन् ।

यस्तै उनले हाल काठमाडौंको बढ्दो सवारी साधन र पार्किङ समस्यालाई मध्यनजर गर्दै काठमाडौं ११ स्थित खुल्लामञ्च छेउको खाली जग्गामा अन्डर ग्राउन्ड पार्किङस्थल बनाउने गरि सम्भाव्यता अध्ययन गर्नेदेखि स्थानीय नेवारी पेय पदार्थ (रक्सी) लाई अन्तर्राष्ट्रियस्तरमा ब्रान्डिङ गर्नेसम्म कार्यक्रम अघि सारेका छन् ।

यस्तो छ मेयर बालेनले प्रस्तुत गरेको शिक्षा सम्बन्धी नीति

१. विद्यालय शिक्षाको गुणस्तर सुधार गर्न सम्बद्ध बिज्ञहरु रहेको समिति गठन गरीमहानगरशिक्षासुधारयोजना तर्जुमा गरिनेछ।
२.बाल शिक्षा, आधारभूत शिक्षा र माध्यमिक शिक्षालाई थप जीवनोपयोगी र व्यवसायिक बनाउँदै लगिनेछ।माध्यमिक शिक्षामा आधारभूत प्राविधिक ज्ञान र सीप सहितको शिक्षा प्रदान गरी विद्यालय तह पूरा गर्दा कम्तिमा एउटा सीपमा स्वरोजगार हुनसक्ने जनशक्ति तयार गर्ने नीति लिइनेछ |

Panacea Education

३. सबै विद्यालयहरुमा कक्षा १ देखि कक्षा ८ सम्म स्थानीय नेपाल भाषाको पाठ्यक्रम अनुरुप पठनपाठन गर्ने कार्यलाई निरन्तरता दिइनेछ ।
४. आन्तरिक आम्दानी गर्ने सामुदायिक विद्यालयहरुको आम्दानीको निश्चित प्रतिशत महानगर शिक्षा कोषमा जम्मा हुने व्यवस्था मिलाई सो कोषबाट बिपन्न, अनाथ तथा असहाय बालबालिकाको शिक्षाको प्रबन्ध गर्न आवश्यक व्यवस्था मिलाइनेछ |

५. हाल ११ वटा सामुदायिक विद्यालयहरुमा प्राविधिक विषयको कक्षा सञ्चालन भइरहेकोमा आगामी आर्थिक बर्षमा थप २ वटा बिद्यालयमा प्राविधिक विषयका कक्षा संचालन गर्ने ब्यबस्था मिलाइनेछ |
६. महानगरको संस्कृति, जीवनशैलीमा आधरित विषयमा अनुभव आदानप्रदान गर्न अन्तराष्ट्रिय शैक्षिक संस्थाहरुसँग सहकार्य गरिनेछ |

७.सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर वृद्धि गर्न शिक्षकहरुलाई प्रविधिमैत्री सीप बिकास, शिक्षण कला, क्षमता विकास र असल अभ्यास शिक्षण सिकाई आदान प्रदानका कार्यक्रमहरु संचालन गरिनेछ |

८. सामुदायिक विद्यालयहरुको विद्यालय परिसर सुधार कार्यक्रम संचालन गरिनेछ | यस अन्तर्गत शौचालय निर्माण र स्तरोन्नति, निशुल्क सेनेटरी प्याडको सुबिधा, पिउने पानीको प्रबन्ध र विद्यार्थीका लागि लकरको व्यवस्था गरिनेछ |

सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश, धनगढी, कैलाली 11
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.