Khabar Board
Flash logo up side
flash header

राहत शिक्षकहरू भन्छन्– हाम्रा यी माग पूरा नभए आन्दोलन गर्छौँ

Nirbachan m

काठमाडौं ।

नेपाल राहत शिक्षक केन्द्रीय समितिले यसअघि गरिएका सहमति कार्यान्वयन गर्न सरकारसँग माग गरेका छन्। सामुदायिक विद्यालयमा कार्यरत राहत शिक्षकहरूले आफूहरूको पेशागत स्थायित्वको पनि माग गरेका छन्।

यसअघि नेपाल शिक्षक महासंघको रोहोबरमा शिक्षा मन्त्रालयसँग दुई पटक सम्झौता गरिएको भन्दै उनीहरूले संघीय शिक्षा ऐन बनाउँदा आफूहरूसँग गरिएको सहमतिलाई उल्लेख गर्न माग गरेका हुन्।

Center article

आफूहरूका माग पूरा गर्नेतर्फ नगई कुनै बाहनामा तलमाथि गर्न खोजिएमा आन्दोलन गर्ने उनीहरूको चेतावनी छ। अध्यक्ष खेमराज अधिकारी र महासचिव कुमार बजगाईंले मंगलबार विज्ञप्ति जारी गर्दै आफूहरूसँग मन्त्रालयले गरेका सहमति कार्यान्वयन गर्न माग गरेका छन्।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.