Khabar Board
Flash logo up side
flash header

शिक्षाको अवस्था दयनीय: कुल बजेट १० करोड, बैठक भत्ता ६ करोड

Nirbachan m

काठमाडौ ।

महालेखापरिक्षकको ५९ औं प्रतिबेदन सार्वजनिक गरेको छ। जस अनुसार शिक्षाको अवस्था प्रतेक बर्ष खस्किदो छ। यसै सन्दर्भमा पाठ्यक्रम विकास केन्द्रले पाठ्यक्रम तथा पाठ्यपुस्तक तर्जुमा कार्यमा रू.१० करोड ५३ लाख १५ हजार मध्य बैठक भत्तामा मात्र रू.६ करोड ६ लाख २९ हजार खर्च गरेको महालेखापरीक्षकको ५९ औं प्रतिवेदनमा उल्लेख गरेको छ ।

त्यसैगरी महालेखापरिक्षकको प्रतिवेदन अनुसार नेपालमा बिगत ४ बर्षमा बाहिरिने युवा हरुको संख्या ५० लाख नाघेको छ। प्रतिवेदन अनुसार ४ वर्षमा मात्रै ५० लाख नेपाली युवा रोजगारका लागि विदेशिएका छन् । प्रतिवेदन अनुसार आ. व. २०७७/७८ : १०.९ लाख , २०७६/७७ मा : ११.३ लाख, २०७५/७६ : मा ११.२ लाख र २०७४/७५ : १६.८ लाख युवा रोजगार को शिलशिलामा बाहिरिएका छन।

विद्यालय साउन २६ गतेसम्म बिदा :

Center article

जनकपुरधाम उपमहानगरपालिका क्षेत्रका सामुदायिक विद्यालय आज बुधबारदेखि एक महिना बिदा भएका छन् । उपमहानगपालिकाको शिक्षा शाखा प्रमुख मेहीलाल यादवले सूचना प्रकाशन गर्दै उपमहानगरपालिकाभित्रका सामुदायिक विद्यालय साउन २६ गतेसम्म वर्षे बिदा दिइएको जानकारी दिएका हुन् ।

विद्यालयमा एक शैक्षिक सत्रमा हिउँदे बिदा र वर्षे बिदा दुवै गरी ४५ दिन पठन-पाठन बन्द रहने व्यवस्था भएअनुसार उपमहानगरपालिका क्षेत्रका सामुदायिक विद्यालयमा पालिकाको शैक्षिक क्यालेण्डरबमोजिम वर्षे बिदा दिइएको प्रमुख यादवले बताए ।

विद्यालयमा पठन-पाठन बन्द हुँदा पनि शिक्षा तथा मानव स्रोत विकास केन्द्र योजना तथा अनुगमन शाखा सानोठिमी भक्तपुरको पत्रअनुसार सबै विद्यालयका प्रधानाध्यापकलाई वर्षे बिदाभरि उपमहानगरपालिकाको सम्पर्कमा रहन भनिएको प्रमुख यादवद्वारा जारी सूचनामा उल्लेख छ । यस्तै विद्यालयका पूर्वनिर्धारित कार्यक्रम कक्षा ११ र १२ मा भर्ना तथा प्राविधिक शिक्षासम्बन्धी गतिविधिलगायतका कार्यक्रम यथावत् सञ्चालन रहने जनाएको छ ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.