Khabar Board
Flash logo up side
Nirbachan aayog

५ मिनेट मात्रै लाग्ने घरपारी विद्यालय छ, तर पुल छैन

दैनिक ६ घन्टा हिँड्छन् विद्यार्थी

Nirbachan m

बैतडी ।

डोटीको आदर्श गाउँपालिका ६ बबिनाका विद्यार्थी ५ मिनेट लाग्ने घरपारी बिद्यालय छ तर बिद्यालय जान पुल भने छैन । बैतडीको सिगास गाउँपालिका वडा नम्बर ०६ मा रहेको गणेश माध्यमिक विद्यालयमा अध्ययन गर्न डोटीको आदर्श गाउँपालिका ६ बबिनाका करिब ५० भन्दाबढी विद्यार्थीहरु आउने गर्थे । सिगास–६ बबिना जोड्ने सेती नदीमा रहेको झोलुंगे पूल तरेर आदर्श–६ का विद्यार्थीहरु गणेश माविमा पुग्न जम्मा ५ मिनेट मात्रै लाग्थ्यो । सेती नदीको पुल बगाएदेखि अहिले त्यहाका विद्यार्थीहरु कम्तिमा ५ देखि ६ घण्टाको बाटो हिडेर ओहोरदोहोर गनुपर्ने बाध्यता रहेको छ । ‘घरपारी विद्यालय छ, नदी तरेर जान सकिदैन,’ कक्षा १० मा अध्यानरत साउने खडायतले भने, अहिले अढाइघण्टा उकाले चढेर विद्यालय जानुपर्छ, आउनजान नै ५ घण्टाभन्दा बढी लाग्छ’ उनले भने ।

२०७८को कत्तिक पहिलो साताको अबिरल वर्षाले सेतीमाथीको पुल बगाएपछि बबिना टोलका ५० भन्दा बढी विद्यार्थीहरु करिब ५ घण्टा ओहोरदोहोर गरेर गिरिचौका माविमा अध्यान गर्न जाने गरेका बबिना टोलका स्थानीय हर्क बहादुर बोहराले बताए । ‘पुल तरेर ५ मिनेटमा मात्रै विद्यार्थीहरु विद्यालय पुग्थे, अहिले पूल छैन, पोहोरदेखि कक्षा ९ र १० मा अध्यान गर्ने विद्यार्थीहरु ६ घण्टाको ओहोरदोहोर गरेर गिरिचौका माविमा जान्छन, पुल छैन के गर्ने?’

कक्षा ८ सम्मको अध्यान गर्न यहाका बालबालिकाहरु बबिना आधारभुत विद्यामलयमा जाने गरेको भएपनि ९ र १० मा अध्यान गर्ने विद्यार्थीहरुलाई निकै असहज हुने गरेको छ । पूल नुहदा घरनजिकैको विद्यालय छोडेर दैनिक ५ घण्टाको जोखिमपूर्ण यत्रा गर्न बाध्य भएको कक्षा १० अध्यानरत अस्मिता बोहराले बताइन् । ‘बिहानै विद्यालय जानुपर्छ, साँझ अध्यारो भएपछि घर पुग्छौँ, पूल भएको भए कति सजिलो हुन्थ्यो’ उनले भनिन् ।

२०७८ कात्तिकको पहिलो साता सेती नदीमा आएको बाढीले ठुलो क्षती पुर्याएको थियो । ठाउँमा भएका पूलहरु बगाएको थियो । बगाएको ठाउँमा पुल नबन्दा विद्यार्थीसहित स्थानीयहरुलाई समेत असहज हुने गरेको छ । खेतबारी र मेलापात गर्न नै समस्या हुने गरेको सिगास ६ का जोगा सिंह साउँदले बताए ।

अहिले सिगास–६ र आदर्श–६ का स्थानीयहरु काठको साँघु निर्माण गरीरहेका छन् तर साँघु नदी वारपार गर्न असुरक्षीत हुने गरेको छ । गत असार २ गते साँघुबाटै लडेर डोटीको आदर्श गाउँपालिका ६ की डुल्लु अधिकारीको मृत्यु भएको थियो । साँघुबाट विद्यार्थीहरु ओहोरदोहोर गर्न नसक्ने गणेश माविका शिक्षक पदम साउँदले बताए । सरकारी पक्षबाट पुनरनिर्माणको काम समयमै नहुदा स्थानीय तथा विद्यार्थीहरुले सास्ती खेप्नु परेको उनले बताए ।

सिगास गाउँपालिका र डोटीको सिमामा रहेका दुईवटा पूलहरु बगाएको थियो भने एक पूलमा आवतजावत गर्न योज्ञ नरहनेगरी क्षती पुर्याएको छ । सिगास गाउँपालिका देखि डोटीको तलारा, सिगास गाउँपालिकाको सिवलिङ र बबिना जोडने पूल बगाएको थियो । त्यसैगरी सिगास–७ र डोटीको सायल जोड्ने पूलमा पूर्ण क्षती पुगेको छ । पुल निर्माण नभएकै कारण बिद्यार्थी तथा स्थानीयहरुलाई वारपार गर्न नै नसकिने गरेको सिगास गाउँपालिका–५का अध्यक्ष राजेन्द्र बहादुर चन्दले बताए ।

डोटीको आदर्श र बैतडीको सिगास जोड्ने पुल निर्माणका सम्बन्धित निकायसँग अनुरोध गरिएको आदर्श गाउँपालिकाका अध्यक्ष गणेश बहादुर खड्काले जानकारी दिए । गत साउन ४ गते सस्पेन्सन बृज डिभिजन श्रीमहल पुलचोक ललितपुरलाई पुल निर्माणका लागि सिफारीस सहित अनुरोध गरिएको अध्यक्ष खड्काले बताए । स्थानीय तहको बजेटले निर्माण गर्न नसकिने भएकाले प्रदेश र केन्द्र सरकारसँग पटक पटक आग्रह गर्दा पनि कुनै सुनुवाई हुन नसकेको सिगास गाउँपालिकाका अध्यक्ष हरि सिंह धामीले जानकारी दिए ।

कत्तिक पहिलो साताको वर्षाले पुर्याएको क्षतीबारे अनुगमन गर्नको लागि सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्ट देखि प्रधानमन्त्री शेर बहादुर देउवा समेत पुगेका थिए । छिट्टै पुनर निर्माण गरिने आश्वासन दिएको भएपनि क्षती पुगेको दुई वर्ष पुग्नै लाग्दापनि कुनै काम हुन सकेको छैन ।

सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश, धनगढी, कैलाली 11
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.