बैतडी ।
जिल्लाको सिगास गाउँपालिकाको वडा नं.०२ गाजरीमा रहेको गाउँपालिकाकै एक मात्रै क्याम्पस शिगास शिक्षा क्याम्पसको दसौं बार्षिकोत्सव बिभिद कार्यक्रमका साथ यहीँ पौष २५ गते मनाइने भएको छ।
२०६९ सालमा स्थापना गरिएको यो क्याम्पसको यहीँ पौष २५ गते दशौँ बार्षिकोत्सव कार्यक्रम आयोजना गरिने भएको हो।
क्याम्पसको उद्घाटनसत्र देखि अहिलेसम्मको यात्रा तय गर्दा सम्म क्याम्पसले भोगेका समस्या, क्याम्पसको शैक्षिक,भौतिक र आर्थिक अबस्था लगायतका बिबिध बिषयहरुको बारेमा जानकारी,समिक्षा लगायत क्याम्पस लाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने बिषयहरुमा पनि छलफल गरिने र सम्पूर्णको सरसल्लाह लिइने हुदा सम्पूर्णको उपस्थितिका लागि क्याम्पसले अनुरोध गरेको छ।
बार्षिकोत्सव कार्यक्रममा सिगासका नजिकका बिद्यालयहरुको सांस्कृतिक कार्यक्रम र आदर्श कला केन्द्र गाजरी बिशेष प्रस्तुति समेत रहने क्याम्पस परिवारले जनाएको छ।
अहिले पौष २५ गते हुने क्याम्पसको दशौँ बार्षिकोत्सवको आन्तरिक तयारीमा शिक्षक लगायत बिद्यार्थीहरु जुटिरहेका छन्।
