Khabar Board
Flash logo up side
flash header

आमाको मुख हेर्ने दिनमा सिद्धेश्वर मा.विले गर्‍याे बृद्धआमाहरु सम्मानित

Nirbachan m

बैतडी ।

मातातीर्थ औंसी अर्थात आमाको मुख हेर्ने दिनको अवसरमा बृद्धआमाहरु सम्मानित भएका छन् । बैतडी जिल्लाको पाटन नगरपालिका वडा नं. ९, स्थित रहेको श्री सिद्धेश्वर माध्यमिक विद्यालयले माता तिर्थ औंसीको अवसरमा २१ जना बृद्ध आमाहरुलाई फुलमाला, टिका, फलफुल र खादा बाट सम्मान गरिएको विद्यालयले जनाएको छ ।

आज एक औपचारिक कार्यक्रमका बिच विद्यालय सेवा क्षेत्रभित्रका कर्तेकोट, सिलंगापानी, धारापानी, हुक्केडाँडा, सल्लेबासा, गैराखान, रागांजुजौना, रुईसानी कट्याल, हरिचन लगायतका टोलहरुका ६५ बर्ष भन्दा माथी उमेर भएका आमाहरु लाई सम्मान गरिएको विद्यालयका लेखापाल असोक सिंह महराले बताउन भएको छ ।

सम्मानित हुने आमाहरु क्रमश् मानमती महरा, अन्फा महरा, कलावती भाट सिलंगापानी, जस्मा महरा, जसु महरा, पशुपती महरा हरिचन, बिरमा महरा देवतापुज्जा, पारभती महरा, कलावती बिक, परु महरा हुक्केडाँडा, कलावती भाट धारापानी, जानकी भाट, रामा भाट जानकी भाट गैराखान, कल्सा महरा, जयमती महरा सल्लेबासा, रोहिना मडै रुईसानी, गोमती महरा, कल्सा महरा, रोहिना महरा रागांजुजौना र दुरा महरा कर्तेकोट रहेका छन् र यि सबै आमाहरुको लामो आयुको कामना गरिएको महराले बताइको छ ।

Center article

सामाजिक सदभावमा बृद्धिगराउने, बृद्ध आमाबुबाहरु लाई माया सम्मान गर्न पर्छ भन्ने बालबालिकामा सन्देश जगाउने र बृद्धहरुबाट प्रेरणा आर्शिवाद लिनुकालागि २०७४ सालदेखी हरेक वर्षको मातातिर्थ औंसीको अवसरमा आमाहरु र कुशे औसीको अवसरमा बृद्ध बुबाहरु लाई सम्मान गर्दै आईरहेको विद्यालयका सहायक प्रधानाध्यापक गणेश दत्त अवस्थीले बताउन भएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेमसिंह भाटको अध्यक्षतामा संचालन गरिएको सम्मान कार्यक्रममा स्थानिय जनप्रतिनिधी, पाटन नगरपालिका वडा नं। ९, का वडा सचिव, अभिभावक, शिक्षक र विद्यार्थीहरुको सहभागिता रहेको सहायक प्रधानाध्यपक अवस्थीले बताइको छ । २०१८ सालमा स्थापना भएको जिल्लाकै तिनतारे श्री सिद्धेश्वर माविले बालबालिकाको पठनपाठन संगसंगै रचनात्मक कार्य गर्दै आईरहेको विद्यालयले जनाएको छ ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.