Khabar Board

बैतडीको पाटन–८ स्थित जनता माविको वार्षिकोत्सव कार्यक्रम सम्पन्न

९५ वर्षीय महराले गरे ५१ हजार रुपैयाको अक्षयकोष स्थापना

बैतडी । बैतडीको पाटन नगरपालिकाको वडा नं ८ मा रहेको श्री जनता माध्यमिक बिद्यालय आरुवाटको ४० औँ वार्षिकोत्सब समारोह सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिवान सिंह बिष्टको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि पाटन नगरपालिकाका नगर उपप्रमुख कमल सिंह बोहरा रहनु भएको थियो ।

जिल्ला समन्वय समितिका सदस्य एवं सामुदायिक विद्यालय व्यवस्थापन महासंघका केन्द्रिय उपाध्यक्ष प्रेम सिंह भाट, पाटन नगरपालिकाका सामाजिक विकास समितिका संयोजक एवं वडा नं ८ का वडा अध्यक्ष हरिश बिष्ट, पाटन नगरपालिकाका आर्थिक विकास समिति संयोजक एवं वडा नं १० का वडा अध्यक्ष धन बहादुर कुवँर, वडा नं ६ का वडा अध्यक्ष राजेन्द्र बिष्ट, वडा नं ३ का वडा अध्यक्ष करुणकार भट्ट, वडा नं ८ का वडा सदस्यहरु लगायत जनप्रतिनिधि, शिक्षक, आम अभिभावक लगायत विद्यार्थीहरुको उपस्थितिमा वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको हो ।

९५ वर्षिय वृद्ध दल वहादुर महराले ५१ हजार रुपैया बराबरको अक्षयकोष स्थापना गरेका छन् । पढाइमा उत्कृष्ट, गरीब, विपन्न, असहाय, तथा अनाथ बालबालिकाहरुलाई छात्रवृति प्रदान गर्नको लागि उनले विद्यालयको ४० औँ वार्षिकोत्सव समारोहकाबीच अक्षयकोष स्थापना गरेका हुन् ।  उक्त रकमबाट आउने ब्याजरकमबाट वार्षीक रुपमा छात्रवृति प्रदान गरियोस भनि आफुले ५१ हजार रुपैया बराबरको अक्षयकोष स्थापना गरेको उनले बताए ।

कार्यक्रममा विद्यालयको तर्फबाट वार्षिक प्रगति प्रतिवेदन प्रधानाध्यापक राम बहादुर कुवोरले प्रस्तुत गरेका थिए । वार्षिकोत्सब समारोहमा आएका शिक्षासेवी, बुद्धिजिबि, समाजसेवी तथा स्थानीयहरु लगाएत विद्यार्थीहरुका लागी बिद्यालयका संस्थापक प्र.अ/अध्यक्ष स्वर्गिय जगदिश सिह बिष्टको स्मृतिमा जलपान तथा जुस वितरण व्यवस्थापन जेष्ठ सुपुत्र कृष्ण कुमार बिष्टले गरेका थिए । 

यस्तै वार्षिकोत्सव कार्यक्रममा पाटन नगरपालिका–८ मा रहेका सामुदायिक विद्यालयमा शिक्षक, विद्यार्थी र अभिभावकहरुका लागि छुट्टछुट्टै आचारसंहिता लागु गरिएको छ । उत्त कार्यक्रममा आचारसंहिता सार्वजनिक गरिएको थियो भने विद्यालयहरुलाई पनि हस्तान्तरण गरिएको हो । यस वडामा चार वटा सामुदायिक विद्यालय रहेका छन्।

शैक्षिक उपलब्धी हासिल गराउनको लागि कर्तव्यनिष्ठ भएर शिक्षण पेशामा क्रियाशील रहीरहनुपर्ने लगायतका विषय समेटेर शिक्षकले पालना गर्नुपर्ने आचारसंहिता लागु गरिएको छ । विद्यार्थीहरुका लागि दैनिक विद्यालय पोशाकमा उपस्थित भई सिकाइमा लगनशील हुनुपर्ने, धुम्रपान, सुर्तीजन्य पदार्थको सेवन नगर्ने र अनुशासित भई बस्ने विषय समाबेस गरि आचारसंहिता लागु गरिएको छ ।

विद्यालयको सर्वाङ्गिण विकासको लागि सहयोग पु¥याउने विषय उल्लेख गरी अभिभावक आचासंहिता पनि लागु गरिएको छ । विद्यालयका सर्वपक्षीय विकासको लागि आचारसंहिता लागु गरिएको वडा नं ८ का वडा अध्यक्ष एवं पाटन नगरपालिकाका सामाजिक विकास समिति संयोजक हरिश बिष्टले बताए । जारी गरिएका आचारसंहिता पूर्णतया कार्यान्वयन हुने र शैक्षिक गुणस्तर बृद्धि हुनुका साथै विद्यालयको सर्वाङ्गिण विकास हुने उनको दाबी छ ।
यसैगरी नगरपालिकाभरीका विद्यालयमा पनि आचारसंहिता लागु गरिने उनले बताए ।

गत शैक्षिक सत्र २०७९ मा कक्षा ५ को वडास्तरीय परिक्षाको नतिजामा उत्कृष्ट विद्यार्थीहरुलाई पनि सम्मान गरिएको छ । सोही कार्यक्रममा वडास्तरीय परीक्षामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान हासिल गरेका चार जना विद्यार्थीहरुलाई पनि नगद सहित प्रमाणपत्र प्रदान गर्दै सम्मान गरिएको हो । वडास्तरीय परीक्षा समपन्न गर्न सहयोग पु¥याउने परीक्षा समिति र पदाधिकारी शिक्षकहरुलाई पनि सम्मान गरिएको छ ।

 

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.